कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ सुरुङ्गाकी ब्रेन ट्युमरकी बिरामी ३८ बर्षिय मिनादेवी बस्नेतको जीवन बचाउन सुरुङ्गा जेसिजले आर्थिक सहयोग प्रदान गरेको छ ।
१३२ औ अन्तराष्ट्रिय मजदुर दिवशको अवशर पारेर सुरुङ्गा जेसिज बर्ष २०२१ की अध्यक्ष यदुका ओली उप्रेती र पुर्व अध्यक्ष त्रिलोचन उप्रेतीले मिनादेबिका श्रीमान केदार बस्नेतलाई उपचारका लागि सहयोग रकम नगद ११ हजार ६०० रुपैँया घरमै पुगि हस्तानतरण गर्नुभयो । मिनादेविका श्रीमान केदार अटोरिक्सा कुदाएर दैनिक परिवारको पालन गर्दै आफ्नी श्रीमतीको समेत उपचार गर्दै आएका छन । केदारले मजदुरी गरि आफ्नी श्रीमतीको उपचार र परिवारको पालनपोषण गर्दै आइरहेको समाचार कनकाई अनलाईनमा पढेपछि सुरुङ्गा जेसिजले उक्त सहयोग रकम मजदुर दिवशकै दिन पारेर गरेको सुरुङ्गा जेसिजकी अध्यक्ष यदुकाले बताउँनुभयो ।
बस्नेतका २ छोरीहरु १६ बर्ष र ७ बर्षका रहेका छन सम्पत्तिको नाममा ऐलानी जमिनमा बनेको सानो घरबाहेक केहि छैन ।
बस्नेत दम्पत्तीलाई सहयोग गर्न र मिनादेवि बस्नेतको जीवन बचाइदिनका लागि केदार बस्नेतको मोवाइल नम्बर ९८२४९९४६८९ मा सम्पर्क गरिदिन वा नेपाल बैँक सुरुङ्गा साखामा बिरामी मिनादेवि बस्नेतको नाममा रहेको खाता नम्बर १४७०१००६५३४३४९०००००१ मा सहयोग रकम जम्मा गरिदिनुहुन सबैसग अनुरोध गर्नुभएको छ ।
यता बस्नेत परिवारको जीवन वचाउन युवा समाजसेवी नारायण भेटवाल, पत्रकार लीलाराज झापाली, शिक्षासेवी सागर ढुङ्गाना, कारितास नेपालका कनकाई प्रमुख विवेक शिवाकोटी, युवा धनबहादुर कुवँर लगायातको टोली हाल सक्रिय रहेको छ ।
Trending
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता