कनकाई अनलाईन
योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) झापाले बिर्तामोडमा मास्क वितरण गरेको छ । कोरोना भाइरस अध्याधिक बढेकाले त्यसको रोकथामका लागि वाइसिएलले आइतवार बिर्तामोडमा मास्क वितरण गरेको झापा अध्यक्ष दधिराम रिमालले जानकारी दिए ।
मास्क लगाऔं, कोभिड–१९ को महामारीबाट आफु बचौं अरुलाई पनि बचाऔं भन्ने मुल नाराका साथ वाइसिएलले पैदल यात्री, अटोमा सवारलगायतलाई एकहजार माक्स वितरण गरेका छन् ।
मास्क वितरण कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन प्रदेश नं. १ इन्चार्ज भूपाल सापकोटा, नेकपा माओवादी केन्द्र झापा कार्यालय सदस्य कुवेर श्रेष्ठ (अरुण), वाइसिएल केन्द्रीय सदस्य कुमार आचार्य, अखिल (क्रान्तिकारी) केन्द्रिीय सदस्य प्रतिक कडरिया, वाइसिएल झापा सदस्य जनक ल्वागुन, बिर्तामोड नगर बिद्यार्थी इन्चार्ज प्रज्वल कडरियालगायतको उपस्थिति रहेको थियो ।
Trending
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी