कनकाई अनलाईन
भारतीय वेश्यालयमा वेचिएकी एक नेपाली चेलीको सकुशल उद्धार गरिएको छ ।
चार बर्ष अघि भारतको पश्चिम बंगालमा लगेर विक्री गरिएकी नुवाकोट घर भएकी १६ बर्षिय चेलीको कोलकत्तास्थित नेपाली महावाणियज्य दुतावास र विश्व सेवा विस्तार मंञ्चको सयुक्त पहलबाट १६ बर्षिय किशोरीको उद्धार गरिएको हो ।
किशोरीलाई आइतवार नेपालको पूर्वी नाका काँकडभिट्टा हुदै नेपाल ल्याइएको छ अबका केहि दिन किशोरीलाई सेवा विस्तारको सेल्टरमा राखिने र परिवारको जिम्मा लगाइने विश्व सेवा विस्तार मंञ्चका इन्द्र बस्नेतले बताउँनुभयो । किशोरीलाई ४ बर्षपहिले घरेलु कामका लागि भनि भारतको कोलकत्तामा लगिएको र उमेर पुगेपछि वेश्यालमा विक्री गरेको खुलेको बस्नेतले बताउँनुभयो । किशोरी वेश्यालयमा वेचिएको खबर पुगेपछि आफुहरुले उद्धार गर्न सफ लबनेको विश्व सेवा विस्तार मंञ्चका सचिव सतीस थापाले बताउँनुभयो ।
तस्वीर ः किशोरीको उद्धार पछि नेपाल ल्याउदै अभियान्ताहरु
Trending
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी