कनकाई अनलाईन
सुरुङ्गाको कनकाई माविको खेल मैदानमा भइरहेको प्रथम सुरुङ्गा भेट्रान कप फुटबलको उपाधिका लागि सुनसरीको इटरही र सुरुङ्गाको भेट्रान क्लवविच उपाधि रक्षाका लागि आमने सामने हुने भएका छन ।
आज ४ बजेदेखि हुने उपाधि भीडन्तमा सुरङ्गाको कलेक्शन टिम र पाहुना टोली इटहरीबिचको बिजेताले नगद १ लाख १ हजार सहित ट्रफि पाउने खेल संयोजक रमेशचन्द्र मैनालीले बताउँनुभयो । दोस्रो हुने टिम भने आधा रकममै चित्त बुझाउने छ । गत शनिवारदेखि भइरहेको प्रतियोगितामा कोरोना कहरको कुनै प्रवाह नगरि उल्लेख्य दर्शकको जमघट देख्न सकिन्छ । सरकारले २५ जना भन्दा वढी सहभागि नहुनु भनेर उर्दी जारी गरेपनि उर्दी जारी गर्नु पूर्वनै प्रतियोगिताका प्रचार प्रसार गरिसकिएकोले प्रतियोगिताको आयोजना गरिएको आयोजकको दावी छ । प्रतियोगिताको अतिथिकै रुपमा भने कुनै सरकारी कर्मचारी वा जनप्रतिनिधिनै आउछन या आउदैनन यो भने आजको ३ बजेसम्म कुर्नुपर्ने छ । यद्यपि कनकाई फुटबलको दर्शकका लागि फुटबल हव मानिने कनकाईको चौरीमा दर्शकको भने कुनै कमि नहुने आयोजकको दावी छ ।
Trending
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी