कनकाई अनलाईन
सुरुङ्गा । सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा कनकाई नगरपालिकाका ३ वटा वार्डमा सुरक्षित रोजगार परियोजना संचालन गर्दै आइरहेको कारितास नेपालर र कारितास जापानले यहाँस्थित खर्च अभावमा मृत्युसँग पौठेजोरी खेल्दै आउनुभएकी ३८ बर्षिय ब्रेन ट्युमर भएकी मिनादेवि बस्नेतको उपचारका लागि ५० हजार रुपैँया सहयोग गरेको छ ।
शुक्रवार बस्नेतको घरमै पुगि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, सुरक्षित रोजगार परियोजनाका कार्यक्रम व्यावस्थापक देवेन्द्र पोखरेल, परियोजना अधिकृत हिमालयन अधिकारी, वरिष्ठ सामाजिक परिचालक विवेश शिवाकोटी, सामाजिक परिचाालक होम प्रसाद भट्टराईले उक्त रकमको चेक घरमै पुगि हस्तानतरण गर्नुभयो ।
कारितास नेपाल र कनकाई नगरपालिकाबाट संचालित सुरक्षित बैदेशिक रोजगार परियोजना मार्फत कनकाईको ३,४ र ८ नम्बर बार्डमा युवालाई स्वदेशमै स्वरोजगारको श्रृजना तथा सुरक्षित वैदेशिक रोजगारीको लागि काम गर्दै आइरहेको छ । मिनादेविका श्रीमान समेत लामो समय खाडीमा वैदेशिक रोजगारीमा गइ श्रीमती बिरामी भएपछि स्वदेश फर्कनुपरेको थियो ।
श्रीमतीको उपचारका लागि आफुले १० बर्ष विदेशमा खाइनखाई कमाएको १६ लाख रुपैँया सिद्धिएपछि श्रीमान केदार बस्नेतले सहयोगका लागि सबैसग अनुरोध गर्नुभएको थियो । वैदेशिक रोजगारीमा जान चाहने र समस्यामा परेकाहरुका लागि सहयोग पुर्याउदै आएको परियोजनाका तर्फबाट पिडित बस्नेत परिवारलाई सहयोग गरिएको परियोजना व्यावस्थापक पोखरेलले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिका प्रमुख पोखरेलले परियोजना र यसको मुख्य सहयोगी कारितास जापानको कार्यलाई खुलेर प्रसंसा गर्दै आफुपनि कारितासको कामबाट प्रभावित भएर यस्ता गंम्भिर प्रकृतिका विरामीहरुका लागि नगरपालिकाबाट छुट्टै कोष बनाउने योजना बनाएको बताउँनुभयो ।
पिडितका श्रीमान केदार बस्नेतले आफुले वैदेशिक रोजगारीमा जीवनभर कमाएको सबै जायजेथा सकाएको भन्दै श्रीमतीको जीवन वचाइदिन सहयोगका लागि सबै देश विदेशका नेपाली दाजुभाईसग अनुरोध गर्नुभयो ।
उहाँले आफुलाई सहयोग गर्ने कारितास जापान र परियोजनालाई धन्यावाद दिनुभयो ।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा