कनकाई अनलाईन
कनकाई नगरपालिका क्षेत्रका होटल व्यावसायीका लागि होमस्टे होटल रेष्टुरेण्ट तथा क्यान्टिन संचालकहरुका लागि खाद्य स्वच्छता सम्बन्धि दुई दिने तालिम सुरुङ्गामा सम्पन्न भएको छ ।
नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजनामा भएको उक्त तालिममा खाद्य प्रविधि झापाका कार्यालय प्रमुख भरत बहादुर पुरीले यस क्षेत्रका होमस्टे संचालक तथा होटल रेष्टुरेण्ट संचालकहरुलाई उपभोक्तालाई कसरी खाद्य स्वच्छता दिन सकिन्छ तथा खाद्य सुरक्षा सम्बन्धि नियम कानुन र सजाय लगायातका वारेमा प्रशिक्षण दिनुभएको थियो ।
तालिममा कनकाई नगरपालिका क्षेत्रका होटल संचालक तथा होमस्टेका ५० जना संचालकहरुको सहभागिता रहेको थियो । तालिमको प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख उदय सम्सेर जबरा लगायात रहनुभएको थियो ।
Trending
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल