कनकाई अनलाईन
होटल व्यावसायी क्षेत्रिय समिति सुरुङ्गाको नवौ साधरणसभाबाट कमल चापागाईँको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
आज सुरुङ्गामा भएको होटल व्यावसायीहरुको साधरणसभाबाट चापागाईँको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । चापागाई यसअघिको सममिमा समेत अध्यक्ष रहनुभएको थियो ।
होटल व्यावसायी संघको वरिष्ठ उपाध्यक्षमा कुमार श्रेष्ठ,उपाध्यक्षमा चन्द्रा वुडाथोकी, सचिवमा सुरेश तिवारी सहसचिवमा कैलाश वराल कोषाध्यक्षमा पिताम्बर पाठक चयन हुनुभएको छ भने सदस्यहरुमा अर्जुन भट्टराई, लक्ष्मण श्रेष्ठ, पुनम लिम्बु, झुमा गौतम –झुमा) र सुरेन्द्र आङथोपु रहनुभएको छ ।
निर्वाचित नयाँ कार्यसमितिलाई होटल व्यावसायी संघका पूर्व जिल्ला उपाध्यक्ष प्रकाश चुडालले पदको सपथ खुवाउनुभएको थियो ।
अधिवेशनका लागि हरिप्रसाद सेढाईँको संयोजनमा निर्वाचन समिति गठन गरिएको हो । होटल व्यावसायी क्षेत्रिय समिति सुरुङ्गामा सुरुङ्गा, दुर्गापुर, झापा गाउँपालिका लगायातमा ३ सय होटल व्यावसायीहरु संगठित छन ।
Trending
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल