कनकाई अनलाईन
कनकाई नगरपालिका ४ टेक्रा दार्जिलिङ टोलमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ ।
मादकपदार्थ सेवन गरि जथाभावी बोलेको भन्दै स्थानीय मोहन घिमिरेले कुटपिटबाट स्थानीय ५७ बर्षिय बलबहादुर विश्वकर्माको मृत्यु भएको हो । गत मंगलवार कुटपिट गरि सक्त घाइते बनाएपछि उपचारका लागि बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा बिहीवार दिउसो मृत्यु भएको हो । कुटपिटबाट विश्वकर्माको आन्द्रामा चोट लागेको थियो । अन्य दिन समेत विश्वकर्मा अत्याधिक मादक पदार्थ सेवन गरि जथाभावी बोल्दै हिडने गरेको स्थानीयले बताएका छन सो दिन समेत मादक पदार्थ सेवन गरि विश्वकर्माले घिमिरेको घरमा जथाभावी बोल्न थालेपछि विवाद भएको स्थानीयको भनाई छ । कुटपिटमा संग्लन घिमिरेलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको छ । प्रहरीले अनुसन्धाका लागि मृतकका नाती समेतलाई नियन्त्रणमा लिएको छ ।
Trending
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल