कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा संचालित प्रदेश स्तरीय फुटबल प्रतियोगितामा पाहुना टोली इलामको सयपत्री युवा क्लव फाइनलमा प्रवेश पाएको छ ।
इलामले सेमिफाइनलमा माइधारको केएनके स्पोटिङ्ग क्लव माइधारको चुनौती २–० गोल अन्तरले पन्साउदै आफ्नो फाइनलमा कनकाई ११ सँगको भेट पक्का गरेको हो । फाइनल खेल भोली बिहीवार हुदैछ ।
सयपत्रीका लागि खेलको पहिलो हाफमै दुबै गोल सम्भव भएको हो । इलामका लागि महेश राई र रविन राईले एक एक गोल गर्नुभयो । दोस्रो हाफमा केएनकेले सक्दो प्रयास गर्दा पनि गोल फर्काउन सकेन । कनकाई नगरपालिका ५ नम्बर खेलकुद समितिको आयोजनामा कनकाई ५ तुलसीवारीको खेल मैदानमा भइरहेको प्रतियोगितामा प्रदेश नम्बर एकका १६ टिमको सहभागिता रहेको खेल समितिका अध्यक्ष गंगा अधिकारीले बताउँनुभयो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ