कनकाई अनलाईन
राज्यकोले वातावरण प्रदुषणका कारण विद्यालय बन्द गर्नु भन्ने निर्णय गरेपनि नमान्ने तथा बाल बच्चाको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै विर्तामोडका विद्यालय सञ्चालक बिरूद्ध उजुरी परेको छ ।
संघीय सरकारले वातावरण प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भन्दै चैत्र १७ गतेदेखि २० गतेसम्मका लागि गरिएको पठनपाठन बन्द अवज्ञा गर्ने विर्तामोडका विद्यालय सञ्चालक बिरूद्ध उजुरी परेको हो ।
अभिभावकका तर्फबाट खेमराज ओली तथा शिक्षक कर्मचारीका पक्षबाट इच्छाराम निरौलाले विर्तामोड शिक्षा समिति, प्याब्सन, एन प्याब्सन र विद्यालय सञ्चालक एवम् व्यवस्थापन समितिले संघीय सरकारको निर्णय नमानेको, बाल बालिकाको स्वास्थ्य जोखिम बढाएको भन्दै कानुनी कारवाही चलाउन समेत माग गर्दै शिक्षा विकास समन्वय इकाई झापामा उजुरी दिनुभएको हो ।
उजुरी बुझ्दै शिक्षा समन्वय अधिकारी राजकुमार विकले संघीय सरकारको निर्णय कार्यान्वयन गर्न स्थानीय सरकार जिम्मेवार हुनु पर्ने भन्दै नीति, नियम र निर्देशन पालनामा विर्तामोड सरकारको कमजोरी सच्चिने विश्वास व्यक्त गर्नुभयो ।
यता विर्तामोड नगर शिक्षालाई प्याब्सन एन प्याब्सनको व्यानरमा केही विद्यालय सञ्चालकले दुरूपयोग गरेकोले बाल बालिकाको स्वास्थ्य जोखिम बढेको स्थानीय अभिभावकको आरोप छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा