शरणामती,चैत ९।झापा गाउँपालिका वडा नं-६ का २ हजार ७ सय ६४ जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका छन।जिल्ला प्रशासन कार्यालय झापाबाट आएको टोलीले राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरेको हो।
गत फागुन १७ गते देखि थालिएको जैविक विवरण संकलनका लागि पहिले मानिसको चाप भए पनि अहिले भने मानिस पातलिएको वडा सचिव पुर्णचन्द्र मैनालीले बताए।वडाका कुल ५९३७ जनसंख्यामा १६०४ जना नाबालिक रहेका छन।वडाको तथ्यांकलाई नियाल्दा राष्ट्रिय परिचयपत्रका लागि अझै केही मानिसले फोटो खिचाउन बाँकी रहेकाले यथाशीघ्र आफ्नो जैविक विवरण सहित वडामा सम्पर्क गर्न मैनालीले आग्रह गरेका छन।वडा ६ मा फोटो खिचाउने कार्य अन्तिम चरणमा रहेको मैनालीले जानकारी दिए।
झापा गाउँपालिकाका ७ वटै वार्डमा टोली द्वारा गत फागुन १७ गते देखि एकै साथ फोटो खिच्ने कार्यको सुरुवात गरिएको थियो।राष्ट्रिय परिचयपत्रका लागि नागरिकताको सक्कल प्रमाण पत्र लिएर स्वयं उपस्थित हुनुपर्ने र आवश्यकता परेको खण्डमा विवाह दर्ता,मतदाता परिचयपत्र,मृत्यु दर्ता,वसाईसराई र जन्मदर्ता लगायत कागजातहरु उपलब्ध गराउनु पर्ने सुचना अधिकारी हिमाल मिश्रले जानकारी दिए।