कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ सुरुङ्गाकी ब्रेन ट्युमरकी बिरामी ३८ बर्षिय मिनादेवी बस्नेतले आफ्नो जीवन बचाइदिन सबैसग अनुरोध गर्नुभएको छ ।
आफ्ना श्रीमान केदार बस्नेतले सिटी रिक्सा कुदाएर आफ्नो परिवारको दैनिकी चलाइरहेको बेला बस्नेत परिवारमा यो विपत आइलागेको हो । २ छोरीहरु १६ बर्ष र ७ बर्षका रहेका छन सम्पत्तिको नाममा ऐलानी जमिनमा बनेको सानो घरबाहेक केहि छैन । आफुसग भएको र सरसापट गरेर ६ बर्ष अगाडि सिलगुडीको गई डाक्टर चाङ्गकोमा नेपाली १६ लाख रुपैँया खर्चेर श्रीमतीको ब्रेन टयुमरको अप्रेशन गराए ऋणपान गरि त्यो खर्च जुटाए कसैलाई केहि भनिन म श्रीमती निको हुने कुरामा ढुक्क थिए तर मेरो खुसी धेरै दिनसम्म रहेन । ६ बर्षपछि सफा गरेको ट्युमर फेरि पलायो पुरानो ऋण तिरिसकेको थिइन । रिक्सा चलाएर परिवारको जिविका चलाइरहेको थिए तर म दुखीको घरमा फेरि विपत आइलाग्यो श्रीमान केदार बस्नेतले कनकाई अनलाईनसग भने । श्रीमतीको डाक्टर चाङ्गकोमा अप्रेशन पछि भरतपुर क्यान्सर अस्पताल पुर्याए त्यसपछि घरमा हाल बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका बस्नेत आफ्नोमात्रै जायजेथाले केहि सीप नलागेपछि श्रीमतीको जीवन बचाइदिन सबैसग आर्थिक सहयोग गरिदिन अनुरोध गरेका हुन । हाल पनि केदार आफ्नै सिटीमा हारेर बिर्तामोड पूर्वाञ्चल क्यान्सर अस्पतालमा लैजान्छन त्यहाँ थेरापी गराउँछन त्यतिवेला सम्ममा छोरी स्कुलबाट घर आइपुगेकी हुन्छिन छोरीलाई आमा जिम्मा लगाएर सुरुङ्गा चौकमा आउँछन रिक्सा कुदाएर केहि रकम जम्मा गर्छन त्यो पैसाले श्रीमतीको उपचार खर्चमा लगाउनु कि घर खर्च चलाउनु समस्यामा पर्छन । श्रीमतीको उपचारका लागि सहयोग गरिदिन सबै सुरुङ्गावाशी, झापावाशी तथा देश विदेशमा हुनुहुने नेपाली दाजुभाई दिदिबहिनीहरुमा बस्नेत दम्पत्तीले सहयोगको आश गरेको छ । बस्नेत दम्पत्तीलाई सहयोग गर्न र मिनादेवि बस्नेतको जीवन बचाइदिनका लागि केदार बस्नेतको मोवाइल नम्बर ९८२४९९४६८९ मा सम्पर्क गरिदिन वा नेपाल बैँक सुरुङ्गा साखामा बिरामी मिनादेवि बस्नेतको नाममा रहेको खाता नम्बर १४७०१००६५३४३४९०००००१ मा सहयोग रकम जम्मा गरिदिनुहुन सबैसग अनुरोध गर्नुभएको छ ।
फोटो ः विरामी मिनादेवि बस्नेत र श्रीमान केदार बस्नेत
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ