आईपी भट्टराई
आज सुकेडाँगी सामुदायिक वन समुहको निर्वाचन हुदै छ ।
अध्यक्ष र उपाध्यक्ष बिचमा मात्रै हुने निर्वाचनमा कस्ले बाजी मार्ने हो भन्ने थाहा पाउँन आज बेलुका राती सम्म कुर्नु पर्ने छ । सुकेडाँगीको निर्वाचन स्वस्थ्य र सभ्य बनाउन आग्रह गर्दै सक्षम युवा क्लव सुकेडाँगीले खबरदारी र्याली समेत निकालेको थियो ।
आज हुने निर्वाचनमा सुकेडाँगी सामुदायिक वनका ५४६ जना घरधुरीले मतदानमा सहभागि हुदै छन ।
निर्वाचनमा अध्यक्षमा छाता चुनाव चिन्हमा शान्ति उपाध्याय र चश्मा चुनाव चिन्हमा कमल ढकालबिच भीडन्त हुदै छ भने उपाध्यक्षमा लालबहादुर राई घडी र तीर्थ श्रेष्ठ भाले चुनाव चिन्हमा प्रतिस्पर्धामा रहनुभएको छ ।
यसअघि सचिवमा गोमादेवि बोहोरा –निरौला ) सहसचिवमा खिलनाथ गुरागाई र कोषाध्यक्ष पत्रकार आईपी भट्टराई सर्बसम्मत हुनुभएको छ । सदस्यहरुमा समेत सर्बसम्मत भएपछि वनमा दुई मुख्य पद अध्यक्ष र उपाध्यक्षमा मात्रै निर्वाचन हुने भएको निर्वाचन समितिका सदस्य घनश्याम मैनालीले कनकाई अनलाईनलाई बताउँनुभयो । आजै बिजयी घोषणा गरिने मैनालीले बताउँनुभयो ।
Trending
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन