कामाटोली,चैत ४।प्राय:विपन्न परिवारका विद्यार्थी अध्ययन गर्ने यहाँको एक विद्यालयको कथाव्यथा धेरैका लागि दन्त्यकथा लाग्न सक्छ तर यो कुनै फिल्मी कथा नभएर यतार्थ घटना हो।
भानुभक्त प्राथमिक विद्यालय यहाँका गाउँबासीका लागि नौलो नाम होइन।झापा गाउँपालिकाको कार्यालय झापा गाउँपालिका-३ कामाटोली देखि नजिकै रहेको यस विद्यालयको अबस्था दिन प्रतिदिन नाजुक अबस्थामा गईरहेको छ।वि.सं २०२६ सालमा स्थापना भएको यस विद्यालयमा पुरानो संरचना भुकम्पले भत्केर जिण बनेको छ।न त यो भवनका बिकल्पमा अर्को कुनै नयाँ भवन नै बनाइएको छ।
विद्यालयलाई नियाल्दा
सरकारले शिक्षा नितीमा सुधारका निम्ति विभिन्न कार्ययोजना ल्याएपनी यस विद्यालयमा भने कुनै प्रभाव परेको देखिदैन।समुदायिक विद्यालय पनी निजी विद्यालय भन्दा कम छैनन भन्ने होडबाजी चलिरहेका बेला भानुभक्त प्रावि भने दिनानु दिन संकटको अबस्थामा गुज्रीरहेको छ।बालबिकास देखि कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा जम्मा हाजिरी रजिस्ट्रारमा १८९ जना विद्यार्थी छन।ती पनि दैनीक उपस्थित नहुने शिक्षक बताउछन।
विद्यालयको भवनका टिनका छाना समेत चुहुने छन।विद्यार्थी सौच गर्न सौचालय छैन बाँसघारी मा जाने गरेका छन।घेराबारा बनाउँदा बनाउँदै बिचमै छोडिएको छ।यस विद्यालयमा जम्मा ५ अध्यापक र एक कर्मचारी रहेका छन।
के छ समस्या?
विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद उप्रेतीले आफू यस विद्यालयमा आएको अढाई वर्ष पूरा भएको भन्दै यस अघि देखि विद्यालयको स्थिती दयनिय रहेको बताउनु भयो।उहाँले वास्तविक रुपमै यस अघिका नेतृत्वले सरकारी र दात्री निकायमा पहलकदमी नगरेकाले विद्यालयमा ओझेलमा परेको बताउनु भयो।”विद्यालयको घेराबारा नभएर,गेट नभएर गाईबस्तु चराउने फोहोर गर्दिने,विद्यालयको भवन,सौचालय,विद्यार्थीलाई चाहिने आधारभुत सामग्रीको समेत अभाव रहेको उप्रेतीले बताउनु भयो।उहाँले प्रदेश सरकार माताहात स्थानिय सरकारले बाडेको प्राबिधिक सामग्री समेत विद्यालयमा चोरीको डरले राख्न नसकिएको बताउनु भयो।”वडा कार्यालयले दिएको बजेटबाट घेराबाराको जग चाहिँ हाल्ने काम गरिएको छ,भवनका लागि सवन्धित निकायबाट आश्वासन पाए पनि पूरा हुन नसकेको उहाँले बताउनु भयो।
सौचालय भएको पनि दुई बन्द रहेको र एउटा मात्र सौचालयमा भिड हुने हुनाले आफुहरुले बाहिर सौच गर्न बाध्य भएको एक छात्राले बताउनु भयो।
जनप्रतिनिधिका कुरा।
भानुभक्त प्रावी धेरै पुरानो विद्यालय हो भन्दै पहिले देस जनप्रतिनिधि बिहिन बन्दा यो विद्यालयको अवस्था लथालिङ्ग भएको वडाध्यक्ष मोतीलाल गणेशले बताउनु भयो।उहाँले आफुहरु निर्वाचित भएर आएपछी बर्सेनि यस विद्यालयमा एक लाख बजेट बिनियोजन गरेको बताउनु भयो।”यसपाली पनि झ्याल ढोका निर्माण गरेको,कम्पुटर राख्ने ठाउँ नभएको स्विकार्दै तत्कालै राख्ने व्यवस्था मिलाउदै गरेको गणेशले बताउनु भयो।भानुभक्त प्राबी चुनावको बुथ केन्द्र भएकाले पनि घेराबाराको काम चाहिँ तत्कालै पूरा गर्ने योजना बनाएको उहाँले बताउनु भयो।