कनकाई अनलाईन
नेपालको पूर्वी नाका मेचीनगरमा ठुलो परिमाणको लागु औषध ब्राउन सुगर सहित २ भारतीय महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलवार दिउसो साढे १ बजेको समयमा मेचीनगर नगरपालिका १५ काँसघारी क्षेत्रबाट ईलाका प्रहरी कार्यालय धुलावारी र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले १५० ग्राम लागु औषध ब्राउन सुगर सहित भारत दार्जिलिङ्ग मैनागुडी थाना खोरीवारी बस्ने बर्ष २७ कि सुनिता हेमरम र सोही स्थान बस्ने बर्ष ३२ की अनिता हेमरमलाई पक्राउ गरेको हो ।
पक्राउ गरिएका दुबैजनालाई थप आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राकेश थापाले बताउँनुभयो । निजहरुलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही प्रकृया अगाडी बढाईने थापाले बताउँनुभयो ।
Trending
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो