सूर्य कुईँकेल ÷चैत्र २, शिवसताक्षी नगरपालिकामा कोरोना विरुद्धको खोप लगाउने
अभियानको निरन्तरता आज वार्ड नं ३ मा आइपुगेको छ । वार्ड नं ३ का ६५ वर्ष भन्दा
माथी उमेर समूहका वडाबासीहरुले खोप लगाएका छन् ।
यसअघि ५५ वर्ष भन्दा माथि उमेर समूहलाई खोप लगाउने भनिएपनि उपलब्ध खोप परिमाणका कारण ६५ वर्ष भन्दा माथि उमेर समूहलाई लक्षित गरिएको वडा नं ३ का वडाध्यक्ष पुण्य प्रसाद सापकोटाले बताए।सामाजिक अगुवा तथा ज्येष्ठ नागरिक अग्नि प्र । सापकोटाले प्रथम पटक खोप लगाएपछि खोप कार्यक्रम शुरु भएको थियो । खोप लगाउने वडाका जम्मा १ सय ९७ जना ज्येष्ठ
वडाबासीहरुमध्ये १सय४ जना पुरुष र ९३ जना महिलाहरुले खोप लगाएका छन् । े
चैत्र १ गते बाट शुरु भएको खोप कार्यक्रम ५ गते सम्म विभिन्न पाँचवटा खोपकेन्द्रमा
सञ्चालन हुनेछ । १ गते यहाँस्थित वार्ड नं १, धरमपुर चोकमा खोप कार्यक्रम सम्पन्न
भएको थियो भने आज २ गते वार्ड नं ३ पारावारीको बि सि मेमोरियल स्कूलमा सम्पन्न
भएको छ । यसै गरी ३ गते वार्ड नं २, म ्गलबारे, ४ गते वार्ड नं १, शुक्रबारे र ५
गते धरमपुर स्वास्थ्य चौकी शिवसताक्षी २ म ्गलबारेमा खोपकेन्द्र रहने छन् ।
यस खोप अभियानमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयम्सेविकाहरु देवीकला कुँवर, सुमीत्रा राई,
निशा भट्टराई र विदुर पोखरेलले सहजीकरण तथा खोप लगाउने कार्यमा खटिरहेका छन् ।