कनकाई अनलाईन
सुरुङ्गा । भारत दिल्लीमा निधन भएका कनकाई नगरपालिका ५ तुलसीवारीका ४२ बर्षिय युवा टिकेन्द्र थापाको मृत्यु भएपछि कनकाईमा आसौच बसिरहेको थापा परिवारलाई फ्रडर्स ग्रुप नेपाली मंञ्च नेपाल क्लवको संयोजनमा आर्थिक सहयोग गरेको छ ।
कनकाई नगरपालिका ५ का वडाअध्यक्ष कृष्ण राई, मंञ्चका सचिव युवा समाजसेवी गोविन्द सुवेदी, नेकपाका वार्ड अध्यक्ष पुण्यप्रसाद ओझा, समाजसेवीहरु भुपाल कार्की, दुर्गा बिमली, कुमार भण्डारी, दिल्ली उप्रेती , जीवन श्रेष्ठ पुर्ण लिम्बु लगायातको समुहले गई मृतक थापाकी श्रीमती बिमला थापालाई संकलित ९७ हजार ६ सय रुपैँया हस्तानतरण गर्नुभएको हो ।
भारतमा व्यावसाय गर्दै आउँनुभएका थापाको गत फागुन ९ गतेका दिन उपचारकै क्रममा मृत्यु भएको थियो । भारतबाट नेपाल शव ल्याउन समस्या भएपछि त्यहाँरहेको नेपाली संघ संस्थाका प्रतिनिधिहरुले भारतमै थापाको शवको दाहसस्कार गर्नुभएको थियो । प्रवाशी नेपाली मंचका तारा सुब्बा, सरोज चौहान लगायातको पहलमा थापाको भारतमै अन्तिम सस्कार गरिएको र त्यहाँ तथा नेपालमै रहेका अन्य साथीहरुबाट संकलित रकम परिवारलाई प्रदान गरिएको मंचका सचिव सुवेदीले बताउँनुभयो ।
फ्रेडर्स ग्रुप नेपाली मंचले यसअघि समेत कोरोना महामारीका बिच भारतमा लकडाउनबाट समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न तथा नगद सहयोग गर्नुका साथै कनकाई नगरपालिकामा रहेको कोरोना राहत कोषमा समेत रकम जम्मा गरेको थियो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा