कनकाई अनलाईन
कनकाई नगरपालिका–७ दुर्गापुर स्थित जनकल्याण समाजले रक्तदान कार्यक्रमको आयोजना गरि आफ्नो ३४ औं स्थापना दिवस मनाएको छ । २०४४ सालमा स्थापित यो संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष फागुन २४ गते रक्तदान कार्यक्रमको आयोजना गरि मनाउने गरेको छ । रक्तदान जीवन दान भन्ने नाराका साथ आज सम्पन्न गरिएको रक्तदान कार्यक्रममा ६ जना महिला सहित जम्मा ४० जनाले रक्तदान गरेका थिए । मनोज कुमार थापाको अध्यक्षता तथा सचिव डिल्लीराम चापागाईको संचालन रहेको कार्यक्रमा उपाध्यक्ष भिष्मभुषण सिटौलाले रक्तदान गरि कार्यक्रम शुभारम्भ गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रमको अवसरमा कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेल, वडाध्यक्ष लिलाबहादुर कन्दङवा, वडा सदस्य गीता चौहानको उपस्थिति रहेको थियो ।
Trending
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव