कनकाई अनलाईन
कावासोती, फागुन २१ गते । नेकपाका नेता नेत्र विक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरबाट काठमाण्डौं प्रस्थान गर्नुभएको छ । शुक्रबार विहान ७ बजे विप्लव काठमाण्डौं प्रस्थान गर्नुभएको हो । सरकार संगको वार्ता पछि विप्लव पहिलो पटक नवलपुरको देवचुलीबाट तस्विर सार्वजनिक भएको छ । हिजो साँझ ५ बजे नवलपरासी प्रवेश गर्नुभएका विप्लव राति देवचुली नगरपालिका –१३,का शहिद परिवार रमाको घरमा बस्नुभएको थियो । विहान यहाँ स्थित कार्यकर्ताहरुसंगको भेटघाट पछि काठमाण्डौं प्रस्थान गर्नुभएको हो । देवचुलीबाट सार्वजनीक गाडी मार्फत काठमाण्डौं प्रस्थान गरेको जनाईएको छ ।
विप्लव संगै केन्द्रिय सदस्य बाला थापा र आधा दर्जन आफ्ना सहयोगी सहित उहाँ काठमाण्डौ लाग्नुभएको जनाइएको छ । उहाँ मुग्लिन कटेको र चितवनबाट प्रहरी स्कटिङ गरेको जनाइएको छ । उहाँ आज दिउँसो २स्ण्ण् बजे सार्वजनिक हुने कायक्रम रहेको छ ।
Trending
- इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु