कनकाई अनलाईन
प्रदेश सरकारले जंगली बन्यजन्तुको संरक्षण र सुरक्षित वाँस स्थानका लागि छनौट गरेको जामुनवारी सामुदायिक वन क्षेत्रभित्र एक थान भरुवा बन्दुक फेला परेको छ ।
वन समुहको नियमित गस्ती टोलीलाई देखेपछि सिकारीको समुह बन्दुक छाडेर भागेको हुनसक्ने वन समुहले जनाएको छ । भेटिएको उक्त बन्दुकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गालाई बुझाइएको छ । बरामद बन्दुकको मुचुल्का बनाएर जिल्लामा बुझाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरिक्षक उदयसंम्सेर राणाले बताउँनुभयो । पछिल्लो समय सरकारले उक्त क्षेत्रलाई सुरक्षित बन्यजन्तुको वाँसस्थानका रुपमा विकसित गरेसगै जंगलमा बाँघ, बदेल, हरिण, खरायो जस्ता जीवजन्तुहरुको सङ्ख्या बढेको छ । बन्यजन्तुको सङ्ख्या बढेसगै चोरी सिकारीको समेत सङ्ख्या बढेको स्थानीयको भनाई छ ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ