मदरगाछ,फागुन १८।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जारी अध्यक्ष कपको फाइनल प्रतियोगिता हुनु अघि झापा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधी संग आयोजकको प्रतिषपर्धा राखिएको थियो।जसमा आयोजक ४-० गोलान्तरले बिजयी बनेको छ।
समापन प्रतियोगितामा दुबै टिमका तर्फबाट रोमान्चक खेल प्रस्तुत गरिएको थियो।आयोजक टिमका तर्फबाट नगीन्द्र राई,मुन्डु हेमरम,ख्याम भुजेल र मेनेजर किस्कुले १/१ गोल लाउँदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।त्यस्तै कर्मचारी जनप्रतिनिधिका तर्फबाट भने कोसीसका बाबजुद पनि कुनै गोल हुन सकेन।उक्त रोमाञ्चक प्रतियोगीतामा बिजेता र उपबिजेता टिमले नगद समेत पाएका थिए।बिजेता टिमले ४ हजार पुरुस्कार पायो भने उपबिजेताले २ हजारमा चित्त बुझाएको छ।