कनकाई अनलाईन
आजबाट झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा सुरु भएको छैठौ जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको पहिलो हाफमै कनकाई नगरपालिकाले ३ – ० गोल अन्तरको स्पष्ट अग्रता बनाएको छ ।
कनकाईको तर्फबाट लक्ष्मी श्रेष्ठले पहिलो हाफमै ह्याट्रिक पुरा गर्नु भएको छ । श्रेष्ठले खेलको ६,८ र २४ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता बनाउनुभयो । हल्दिवारी गाउँपालिकाको भने हालसम्म गोल हुन सकेको छैन । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आजबाट कनकाई माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको प्रदेशसभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई, वार्डअध्यक्षहरु गोविन्द्रप्रसाद पौडेल, रुद्रप्रसाद चिमरिया , कनकाई उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुमारमणि पोखरेल लगायातले उद्घाटन गर्नुभयो ।
Trending
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता