केशब चापागाईं
मदरगाछ,फागुन ११।झापाको झापा गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ ।दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जनकल्याण माध्यमिक विद्यालयको खेल मैदानमा प्रमुख अतिथी झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।
बालबालिकाको नृत्य सहित सुरु भएको खेलमा आयोजक टिम र श्रीनाथ गण चारआलीको टिम बिच उद्घाटन खेल सम्पन्न भएको छ।दुई टिम बिच भएको प्रतिषपर्धामा आर्मीको टिमले १-० को गोल अन्तरले आयोजक टिमलाई पराजित गरेको छ।आर्मीका तर्फबाट १० नम्बर जर्सीका दिशान्त राईले निर्णायक गोल गरेका थिए।त्यस्तै आजका म्यान अफ द म्याच पनी राईनै भएका छन।उनले १ हजार नगद सहिद ट्रफी र प्रमाण पत्र पाएका छ।यस्तै भोलि समूह B अन्तर्गत रेड स्टार बिर्तामोड र सशस्त्र प्रहरी बल सुनसरी बिच प्रतिषपर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले कनकाई अनलाइनलाई जानकारी दिनुभयो। प्रतियोगितामा बेस्ट डिफेन्स,बेस्ट किपर,बेस्ट प्लेयर,उदयीमान खेलाडी र हाई स्कोररले समेत नगद सहित मेडल पाउने भएका छन।
दिपज्योती युवा क्लबका अध्यक्ष डिल्लीराम चुडालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पालिका उप-प्रमुख कुन्तीदेवी बुढाथोकी,वडाध्यक्षहरु हरीबहादुर बानियाँ,नेत्रप्रसाद उप्रेती,प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापा,सामाजिक अगुवा गजेन्द्र ताम्ली लिम्बु,अन्जु थपलिया,शिव कडेल,पुष्पा प्रसाई,तेज श्रेष्ठ,कुमार मणि पोखरेल,सखिचन्द्र ठाकुर,सुरक्षा प्रमुख सचिन प्रधान,खड्ग गिरी,चौकी प्रमुख भोलानाथ वाग्ले लगायतको आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको थियो भने उद्घाटन कार्यक्रमको संचालन क्लबका सचिव बासुदेव दाहालले गर्नुभएको थियो।