कनकाई अनलाईन
इलाका प्रहरी कार्यालय सुरुङ्गाद्धारा यहाँस्थित एक बेवारिसे महिलाको उद्धार गरिएको छ ।
इलाका प्रहरी सुरुङ्गाका इन्चार्ज प्रहरी नायव निरिक्षक उदयसंम्सेर राणाको नेतृत्वमा रहेको प्रहरी टोलीले बाटामा घाइते अवस्थामा रहनुभएकी एक महिला जसको आफ्न्त कोहिपनि नभएकी घरवारविहिन मुना गिरीको उद्धार गर्नुभएको हो । सडक पेटीमा लडिरहनुभएकी करिव ५५ बर्षिय यी महिलाको प्रहरीद्धारा उद्धार गरि प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा ल्याइएको हो । उहाँलाई उपचारपछि प्रदेश सरकारले संचालनमा ल्याएको मानव सेवा आश्रम बिराटनगर लैजाने तयारी गरिएको प्रहरी नायक निरिक्षक राणाले जानकारी दिनुभयो । यस अघि समेत राणा नेतृत्वको प्रहरी टोलीले बाटोमा लडिरहेका घाइतेहरुको उद्धार गरि अस्पताला भर्ना गर्नुभएको थियो ।
उद्धार गरिएकी महिलाको एउटा हातको सबै अम्ला जलेर काम नलाग्ने भएको छ भने आफ्नो श्रीमान समेत गत वैशाखमा गुमाएको बताउनुभएको छ ।
Trending
- इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु