सि.एम.शर्मा
तराइकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुहको २३औं बार्षिक साधारण सभामा पत्रकार मनोज बस्नेत सहित तीन दर्जन सम्मानित भएका छन।
शनिबार सामुदायिक वनको प्राङ्गणमा उपभोक्ता समुहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षता तथा प्रदेश सभा सदस्य हिरा थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष द्वरा प्रस्तुत प्रतिवेदनमा समुहबाट सन्चालन गरिने निति तथा कार्यक्रमका साथै चालू आर्थिक बर्ष २०७७र२०७८ मा विभिन्न शिर्षकबाट आम्दानी तर्फ र खर्च तर्फ समेत १ करोड ३५ लाख ९८ हजार ५ सय ५१ रुपैयाँ ९६ पैसा हुने अनुमान प्रस्तुत गरिएको छ ।
कार्यक्रममा समुहको आठौ समितिको कार्यकाल चलिरहदा पुर्व कार्य समितिलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिदै चौथो पुर्व कार्यसमितिका पदाधिकारी हरुलाई सम्मान गरिएको छ । त्यसै गरि उत्कृष्ट कर्मचारीको रुपमा कार्यलय साहायक गोकर्ण पराजुलिलाइ र संचार जगतबाट वन क्षेत्रमा पुर्याएको सहयोगको मुल्यांकन गर्दै सन्चारकर्मी मनोज बस्नेतलाई नगद र सम्मान पत्रबाट सम्मान गरिएको छ ।
कार्यक्रममा तिलरुपा न्यौपाने , बालुराम खरेल , पुर्ण प्रसाद खनाल , अडिमर्दन सुवेदी , हर्क बहादुर श्रेष्ठ , धनमाया प्रसाईं , कृतिमान थेवे , यसोदा भेटवाल , छविलाल कडेल , नरमाया गुरुङ्ग , इश्वरा उप्रेती , र डम्बर कुमारी कटुवाल लाई ज्येष्ठ नागरिकको रुपमा अभिनन्दन सहित कपडा र नगद बाट सम्मान गरिएको छ ।
उत्कृष्ट नतिजा तथा जेहन्दार बिद्यार्थी तर्फ उपभोक्ता सदस्यका छोरा छोराछोरी किरण डागी , अंशु सिवाकोटी र अनुषा थापा लाई प्रोत्साहन स्वरुप नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको छ । त्यसै गरि फरक क्षमता भएका भगिश्वर इजम लिम्बू , तेज प्रसाद बास्तोला , निर्मला मण्डल र आइतमाया कुमाल लाई पनि सम्मान गरिएको छ ।
वन संरक्षण गरौ देशको वातावरण जोगाऔं भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हिरा थापा , विशेष अतिथि वेद प्रसाद भण्डारी , सम्मानित पुर्व अध्यक्ष कपिल मैनाली , राजनीतिक दलको तर्फबाट नेपाली काङ्ग्रेसका नगर सभापति नेत्र प्रसाद चिमरिया लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियोे भने समुहको सचिव मान्तादेवि काफ्ले खरेलको संचालनमा भएको सो कार्यक्रममा उपाध्यक्ष ललित बहादुर कार्कीले स्वागत गर्नु भएको थियोे ।
Trending
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी