Kanakai Online

महिला क्रिकेट राष्ट्रिय कप्तान रुबिना क्षेत्री सुरुङ्गामा सम्मानित


बुधवार, माघ १४, २०७७ |

कनकाई अनलाईन
नेपाली महिला टिमकी राष्ट्रिय कप्तान रुबिना क्षेत्री आज सुरुङ्गामा सम्मानित हुनुभएको छ ।
उहाँलाई सुरुङ्गा जेसिजले उत्कृष्ट नागरिकका रुपमा आफ्नो १२ औ पदस्थापना दिवशको दिन पारेर बुधवार सम्मान गरेको हो । क्षेत्रीलाई नेपाल जेसिजका अध्यक्ष अरुणोश्वर खनाल , यस क्षेत्रका संघिय सांसद एलपी साँबा लिम्बु, प्रदेश सांसद हिराकुमार थापा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई लगायातले नगद ११ हजार १ सय ११ रुपैँया सहित नागरिक सम्मान गर्नुभयो । सोही अवशरमा सुरुङ्गा क्षेत्रका सक्रिय डेढ दर्जन संघ संस्थाले समेत रुविनालाई सम्मान गरेका छन ।


सम्मान पछि बोल्दै सम्मानित रुबिनाले सम्मानले देशका लागि खेल्न र विश्वकपसम्मको यात्रामा आफुले नेतृत्व गरेको टिमलाई लैजान थप हौसला मिलेको बताउँनुभयो ।
सोहि अवशरमा सुरुङ्गा जेसिजका बर्ष २०२० का अध्यक्ष त्रिलोचन उप्रेतीले बर्ष २०२१ की अध्यक्ष उषा उप्रेतीलाई पद हस्तानतरण समेत गर्नुभयो ।