कनकाई अनलाईन
प्रतिबन्धित लागू औषध २५ ग्राम,२०० मिलिग्राम ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
शनिवार इलाका प्रहरी कार्यालय दमकबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बेलुकी करिब ६ बजेको समयमा दमक नगरपालिका वडा नं. १ बुद्ध टोलमा ३२ बर्षिय देवेन्द्र राईको कोठामा चेकजाँज गर्दा प्रतिबन्धित लागु औषध ब्राउन सुगर २ ग्राम र नगद चार हजार सहित पक्राउ गरेको छ । सोही प्रहरी टोलीले झापा गौरादह न.पा. १ बाट गौरादह नगरपालिका ३ बस्ने २७ बर्षिय को लक्ष्मण दास र बर्ष १९ को राम शाहलाई चेकजाँच गर्ने क्रममा लक्ष्मण दासको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर २३ ग्राम २०० मिलिग्राम र मे ७ प ९०८१ नं. को मोटरसाईकल सहित दुबै जनालाइ नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रनाउ राकेश थापाले बताउँनुभयो ।
यसैगरी जिल्ला अदालत झापाले २०६४ सालमै लागु औषध गाँजाको मुद्धामा दोषी ठहरिइ एक बर्ष कैद र ५ हजार जरिमाना तोकिएका झापा गौरीगंज गाउँपालिका ६ निवासी ३९ बर्षिय जयनारायण राजवंशीलाई शुक्रवार आफ्नै घरबाट नियन्त्रणमा लिई सजाय भुक्तानका लागि जिल्ला अदालत झापा उपस्थिति गराइएको प्रहरीले जनाएको छ ।
फोटो ः लागुऔषध सहित पक्राउ परेका दुई अभियुक्त तस्वीर ः जिल्ला प्रहरी कार्यालय झापा
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान