शरणामती,माघ ३।झापा गाउँपालिकाका संथाल समूदायले यति बेला सुरहाई पर्व धुमधामका साथ मनाइ रहेका छन।प्रत्येक एक वर्षमा आउने यस पर्व माघ र फागुन महिनाको बिचमा पर्ने गर्छ।
सात दिन सम्म चल्ने यस पर्वको पहिलो दिन देखि आफ्ना पाउना छोरी,ज्वाईलाई बोलाएर मिष्ठान भोजन सहित परम्परा अनुसार जाँड,रक्सी पिलाउने गर्दछन।यस पर्वमा हार्मुनियम,ढोलक सहित संथाल परम्पराका साथ नाचगाना समेत गरिने स्थानिय लुखिराम हेमरमले बताउनु भयो।यस पर्वमा सिकार पनि खेल्न जाने परम्परा रहेको हेमरमले बताउनु भयो।
यो पर्व हिन्दु समूदायको तिज जस्तै रहेको स्थानिय रेस्का मुर्मुले बताउनु भयो।उहाँका अनुसार यो पर्व सात दिन एकदम धुमधामका साथ मनाईन्छ।”नाचगाना गर्दै सिकार खेलेर घरमै बनाएको जाँड रक्सी खादै रमाईलो गरिन्छ,यस पर्वको आज तेस्रो दिन हो” उहाँले भन्नुभयो।
संथाल जातीको बसोबास झापा र मोरङ्गमा मात्र रहेको छ।यस जातीको आफ्नै मौलिक भाषा र भेषभुषा रहेको छ।हिन्दुहरुको महान चाड दशैमा समेत यो समुदायले मेला बजारमा आफ्नै मौलिक नृत्य प्रस्तुत गर्ने गरेका छन।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा