कनकाई अनलाईन
जिल्ला प्रहरी झापाले सुरुङ्गा र झापाका विभिन्न स्थानबाट चोरी भएका १५ थान मोटरसाईकल र मोटरसाईकल चोरीमा संग्लन ७ जनालाई पक्राउ गरेको छ ।
मोटरसाइकल चोरीमा संग्लनहरु माइनगरपालिका २ इलामका २२ बर्षिय रोषन तामाङ्ग र २० बर्षिय रोषन बुडाथोकी यसैगरि माइ नगरपालिका ६ का ३० बर्षिय राजेश गिरी र २० बर्षिय रोषन गिरी, माई नगरपालिका ४ का २० बर्षिय मनिस गिरी, पाचथर फागुनन्द गाउँपालिका ३ का २१ ब्र्षिय पासाङ्ग तामाङ्ग र ताप्लेजुङ्ग सिदिङवा गाउँपालिका ४ बस्ने २२ बर्षिय संदिप लिम्बुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट झापाका विभिन्न स्थानबाट चोरी गरिएको मे ११ प १०० नम्बरको १५० सिसिको पल्सर, मे १० प २०६ नम्बरको लु ६६ प ४१६ नम्बरको ५० सिसिको पल्सर लगायात अन्य विभिन्न कम्पनीका १५ थान मोटरसाईकल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकरी दिनुभयो । बरामद मोटरसाईलमा सबैभन्दा वढी १५० सिसिको पल्सर मोटरसाईकल रहेको छ भने टिभिएस कम्पनी र अन्य कम्पनीका स्कुटर समेत रहेको छ । केहि महिनादेखि झापाका विभिन्न स्थानबाट मोटरसाईकल हराएको भन्ने उजुरी आएपछि प्रहरीले खोजतलास गर्ने क्रममा झापा तथा झापा इलामको सिमा क्षेत्रबाट उक्त मोटरसाईकल र चोरीमा संग्लनहरुलाई प्रहरीले पक्राउ गर्न सफ लबनेको प्रहरी प्रवक्ता थापाले बताउँनुभयो । बरामद गरिएका मोटरसाईकललाई मोटरसाईकल धनीलाई बुझाइने र चोरीमा संग्लनहरुलाई थप आवश्यकीय कार्वाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।
फेला परेका मोटरसाइकलहरु निम्न छन ।
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला