कनकाई अनलाईन
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरि कनकाई नगरपालिकाका ३ बटा वार्डमा स्वरोजगार सहितको सुरक्षित आप्रवासनको सुुनिश्चितता प्रवासीहरुको दिगो स्थानीय पुर्नस्थापना प्रवद्धन कार्यक्रम सुरु भएको छ ।
कनकाई नगरपालिकाको समन्वय तथा कारितास नेपालको आयोजनामा कनकाई नगरपालिकाका ३,४ र ८ नम्बर वार्डमा यस वैदेशिक रोजगार परियोजना सुरु भएको परियोजनाका कनकाई संयोजक विवेश शिवाकोटीले बताउँनुभयो ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत तीनैवटा वार्डमा रहेका विदेश जान तयारी भएका तथा विदेशबाट फर्किएका युवालाई लक्षित गरेर अभिमुखीकरण प्रशिक्षण सुरु भएको छ । आज कनकाई ८ को लक्ष्मीपुरमा अभिमुखीकरण कार्यक्रमको आयोजना भएको छ । कनकाईका ९ बटै वार्डमध्ये यो वार्डबाट सबैभन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा रहेको तथ्याङ्क रहेको शिवाकोटीले बताउँनुभयो ।
विदेशबाट फर्किआएका युवालाई स्वदेशमै पुर्नस्थापनका लागि यी तीनवार्डमा युवालाई सीप र केहि उद्यम व्यावसाय गर्न चाहेमा निब्याजी ५० हजार रुपैँया सहयोग गरिने कारितास नेपाल झापाका परियोजना अधिकृत हिमालय अधिकारीले बताउँनुभयो ।
हामी भरसक विदेश नजानका लागि अनुरोध गछौ यहि केहि गर्नका लागि सीप प्रदान गछौ, विदेशबाट फर्किआएकाहरुलाई स्वदेशमै उद्यमी बन्न उत्प्रेरित गछौ जानैपर्ने भएमा सबैकुरा बुझेर मात्रै जान समेत सचेतना प्रदान गछौ अधिकारीले भन्नुभयो । हाल कनकाईका ९ बटै वार्डबाट ४५ सय युवाहरु विदेशमै रहेको अधिकारीले बताउँनुभयो ।
कनकाई नगरपालिकालाई लक्षित गरि यहि वानस्टेप सेन्टर बस्ने समेत अधिकारीले बताउँनुभयो । जहाँबाट युवाहरुले विदेश जानपुर्व अपनाउनुपर्ने सबै प्रक्रियाहरु बुझ्न पाउने छन ।
आज लक्ष्मीपुरमा भएको अभिमुखीकरणमा युवा अभियान्ता दिपक दासले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि कनकाई ८ नम्बर वार्डका वार्डअध्यक्ष प्रेमबहादुर कटुवाल रहनुभएको थियो भने कार्यक्रम व्यावस्थापक देबेन्द्र पाखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला