कनकाई अनलाईन
कृष्णप्रसाद गौतम स्मृति प्रतिष्ठान सुरुङ्गाद्धारा यहाँस्थित सिंहदेवि आधारभुत विद्यालयलाई कोभिड १९ का लागि आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष रेबत गौतमले आफ्ना पिताका नाममा स्थापना गर्नुभएको प्रतिष्ठानले विश्व कोरोनाले आक्रान्त भइरहेको वेला पनि यस विद्यालयले सामाजिक दुरी र आवश्यकीय स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय संचालन गरिरहेको पाइएकोले आफुले पनि सक्दो सहयोग गरेको बताउँनुभयो ।
कार्यक्रममा ज्ञानज्योती युवा क्लवका संस्थापक अध्यक्ष सुनिल भेटवाल, विद्यालयका प्रअ डम्बर फुयाँल, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष राजेन्द्र डाँगी, पिटिए अध्यक्ष दधिराम न्यौपाने, ज्ञानज्योती युवा क्लवका राजन शिवाकोटी, मोहन चुडाल लगायातले प्रतिष्ठानको सहयोगबाट विद्यालय संचालनमा मद्धत मिलेको बताउँनुभयो ।
कृष्णप्रसाद गौतम तत्कालिन सुरुङ्गा गाउँ पंचायतमा लामो समय कर्मचारीका रुपमा रहेर जनताको सेवा पुर्याउनुभएको थियो । उहाँको मृत्युपछि छोरा रेबतले स्मृति प्रतिष्ठान खोलेर सामाजिक गतिविधि गदै आउनुभएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा