पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ


दमक, १९ मङ्सिर-पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु १० हजार घुस दिएको भिडियो खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात गरेको आरोप छ ।

सो घटनाको नेपाल पत्रकार महासङ्घ झापा शाखालगायतले भत्र्सना गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका थिए । यसैगरी बिहीबार मालपोत कार्यालयका प्रमुख तारानाथ दङ्गालले घटनाप्रति दुःख प्रकट गर्दै त्यसको निष्पक्ष छानबिन गर्न विज्ञप्तिमार्फत आग्रह गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

सुरुङ्गा, ७ माघ :झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार…

कनकाई अनलाईनझापाको सुरुङ्गामा संचालित न्युरो अस्पताल दोस्रो बर्षमा प्रवेश गरेको छ ।फार्मेसी दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा फार्मेसी र लियो…

कनकाई अनलाईनबिर्तामोड, माघ ७ गते । झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ भने एकजना घाईते बनेका छन ।मेचीनगर…

प्रतिकृयाहरू
error: Content is protected !!