गौरीगंजका कांगेसका अगुवा २८ नेता नेकपा प्रवेश


कनकाई अनलाईन
झापाको गौरिगञ्ज गाउँपालिकामा नेपाली कांग्रेसका अगुवा नेता सहित २८ जना नेकपामा प्रवेस गरेका छन् ।

गौरिगञ्ज(६ कन्चिरा टोलमा आयोजित एक कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश एक कानुन मन्त्री हिक्मत कार्किले विहिवार अविर लगाएर नवप्रवेशिलाई स्वागत गर्नुभएको हो ।

कार्यक्रममा तत्कालिन फोरम लोकतान्त्रिक गाउँकमिटी अध्यक्ष तथा हाल नेपाली कांग्रेसका सक्रिय सदस्य आसामुद्दिन मोहम्मदको अगुवाईमा एक घर एक अभिवाभक पार्टी प्रवेश अनुसार १५० जनाको नेतृत्व गर्दै २८ जनालाई पार्टीमा स्वागत गरेका थिए ।

नव प्रवेशिहरुबाट आजै मो। आसामुद्दिन अध्यक्ष र भगिरथ राजवंशी सचिव रहेको नेकपा कन्चिरा टोल कमिटी गठन गरिएको छ । कार्यक्रममा नेकपा सांसद दिपक कार्की लगायत नेकपाका जिल्ला ,क्षेत्र गाउँ ,वडा समेतका नेताको उपस्थिति रहेको थियो, भने कार्यक्रमको संयोजन गौरीगञ्ज(३का नेकपा नेता जयकुमार भगतले गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

सुरुङ्गा, ७ माघ :झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार…

कनकाई अनलाईनझापाको सुरुङ्गामा संचालित न्युरो अस्पताल दोस्रो बर्षमा प्रवेश गरेको छ ।फार्मेसी दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा फार्मेसी र लियो…

कनकाई अनलाईनबिर्तामोड, माघ ७ गते । झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ भने एकजना घाईते बनेका छन ।मेचीनगर…

प्रतिकृयाहरू
error: Content is protected !!