परपुरुष संग सबन्ध गासेको आसंकामा श्रीमानद्वारा श्रीमतीको हत्या।


दमक, मंसिर ७ । झापा दमक १ का चुडामणि भण्डारीले आफनै श्रीमतीको हत्या गरेका छन।

आज साँझ ५.३० बजेको समयमा कमल-६ स्थित आफ्नो खेतीमा गएको समयमा भण्डारीले ३७ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाई खुकुरी हतियार प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टिकामायाको घटनास्थलमै मृत्यु भएको छ । घटनापछि हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक राकेस थापाले बताए।प्रहरीका अनुसार भन्डारीकी श्रीमति र श्रीमतीसँगै रहेका दमक २ का प्रकाशचन्द दाहाल खेतमा धान उठाउन गएको बेला भन्डारीलाई संका लागि धारिलो खुकुरीले दुबैलाई प्रहार गरेका थिए।

श्रीमतीको घटनास्थल मा मृत्यु भएको र दाहाल गंभीर घाइते भएका छन। दाहाललाई उपचारका लागि दमकको एड्भान्स हस्पिटल लगिएको छ।यता हत्याका आरोपी चुडामणी भन्डारीलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले तत्काल नियन्त्रणमा लिइ थप अनुशन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

सुरुङ्गा,मंशीर १४।झापा गाउँपालिकामा आज थप ९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखीएको छ।संक्रमित हुनेहरु वडा-२ का १ पुरुष,वडा-३ का १…

झापा, मंसिर १४ ।झापाको भद्रपुर-४ नरसिंह बगान स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई भारतिय नागरिक पक्राउ परेका छन । पक्राउ…

कनकाई अनलाईन भद्रपुर जेसीजले विविध कार्यक्रम सम्पनन गर्दै जेसीज सप्ताह समापन गरेको छ । मंसीर ४ गतेबाट सुरू भएको सप्ताह…

प्रतिकृयाहरू