सताक्षी प्रेसक्लवको साधारणसभा-केसी अध्यक्षमा चयन, राई पुरस्कृत


सूर्य कुईँकेल शिवासताक्षी-झापा जिल्ला शिवसताक्षी नगरपालिकाको सताक्षी प्रेसक्लवको दोश्रो अधिवेसन शनिवार दुधे स्थित राष्ट्रिय रमणीय मा.विमा सम्पन्न भएको छ । अधिवेसनले पत्रकार सेलि केसीलाई आगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । केसी शिवसताक्षीबाट प्रकासन हुने सतासी साप्ताहिकका कार्यकारी सम्पादक हुन ।

अध्यक्षसँगै दिलिप घिमीरे र सरोज भट्टराई उपाध्यक्ष, शान्तिराम वस्नेत सचिव, आकृति तिम्सिना कोषाध्यक्ष, गोविन ल्वागुन सहसचिवमा चयन भएका छन भने सदस्यहरुमा सूर्य कुईँकेल, तेजेन्द्र घिमीरे, भगीहा नेम्वा , पवन चाम्लि राई, सोनिका राई, जीवनसिंह राजवंशी चयन भएका छन् । थप एक सदस्य निवार्चित समितिको बैठकले मनोनयन गर्नेछ । त्यस्तै सल्लाहकार संयोजकमा छबिलाल दवाडी र सदस्यहरुमा पदम प्रसाद दाहाल, डामकुमार कुँवर, चन्द्रप्रसाद खनाल र उदयप्रकास राई रहनेछन् । नयाँ कार्यसमिति सर्वसहमतिले चयन भएको थियो।

यसैविच सताक्षी प्रेसक्लवले स्थापना गरेको मनहा सेलि स्मृति पत्रकारिता पुरस्कार पत्रकार अनिलदेव राईलाई प्रदान गरिएको छ । नगद रु ५ हजार ५ सय ५५ रुपैँया पुरस्कार राशी र प्रमाणपत्र सहित कार्यक्रमका प्रमुख अतिथी शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा र अतिथि, पत्रकार महासंघ झापा जिल्ला उपाध्यक्ष एकराज गिरीले हस्तान्तरण गरेका थिए।दिलीप घिमीरेद्धारा सञ्चालन गरिएको कार्यक्रममा संस्थाको आयव्य प्रस्तुत गरिएको थियो भने, कार्यक्रमको अध्यक्षता संस्थाका पूर्व अध्यक्ष छविलाल दवाडीले गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कननकाई अनलाईनइलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखका रुपमा भर्खरै आउनुभएका उदय संम्सेर जबरालाई आज ज्ञानज्योती युवा क्लवले भव्य स्वागत गरेको छ…

कनकाई अनलाईनदैनिकजसो तीब्र गतिको ट्रिपरले उडाएको धुलो खादै आएका कनकाई नगरपालिका ५ का स्थानीयवाशीले आज झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई…

दमक, १९ मङ्सिर-पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि…

प्रतिकृयाहरू