पहिलो पटक भद्रपुर स्थित मेची किनार सुनसान


भद्रपुर, ५ मंसीर । प्रदेश १ को सर्वाधिक ठूलो घाट मानिएको भद्रपुर स्थित मेची किनारमा पहिलो पटक छठ पूजाको मण्डपविहिन नदी किनार बनेको छ । कोभिड १९ संक्रमणको जोखिमलाई ख्याल गर्दै भद्रपुर नगर सरकारले नदीनाला किनारमा सार्वजनिक छठ पूजा मण्डप निर्माण नगर्ने घोषणा गरेसंगै पाँच दशकयता पहिलो पटक मेची नदी किनारमा छठ मण्डपविहिन भएको हो ।

हरेक वर्ष भद्रपुर नगरपालिका संरक्षक रहने र मैथिली समाज आयोजक बनेर करिव ३ किलोमिटर क्षेत्रमा हजारौं पूजा मण्डप निर्माण हुने मेची नदी छठ पूजाका लागि प्रदेश २ को जनकपुरपछिको दोश्रो ठूलो पूजा स्थलको पहिचान बन्ने गरेको थियो । तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत सम्पूर्ण जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजामा सहभागिता रहने गरेको छ । नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने मेची नदीमा मनाउदै आएको छठ पूजामा भण्डै ५ हजार पूजा स्थल निर्माण गरी ३ किलो मिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट हिमाल, पहाड र तराइका बासिन्दाले सहभागी भएर मनाउने गरेको सम्झँदै मैथिली समाज भद्रपुरका पूर्व सचिव विकासकुमार गुप्ता कोरोनाले सामूहिक पूजा गर्न नसकिएको बताउँछन् ।

छठ पर्व मनाउने अधिकाम्सले घरमै पूजा गरी नुहाउनका लागि मात्र नदीलाई रोजेका छन् भने नेपाल भारत दुवै देशका भक्तजनको भीड लाग्ने भद्रपुर स्थित मेची नदी सुनसान बनेको छ ।


सम्बन्धित शीर्षकहरु

कननकाई अनलाईनइलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखका रुपमा भर्खरै आउनुभएका उदय संम्सेर जबरालाई आज ज्ञानज्योती युवा क्लवले भव्य स्वागत गरेको छ…

कनकाई अनलाईनदैनिकजसो तीब्र गतिको ट्रिपरले उडाएको धुलो खादै आएका कनकाई नगरपालिका ५ का स्थानीयवाशीले आज झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई…

दमक, १९ मङ्सिर-पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि…

प्रतिकृयाहरू