झापामा ब्राउनसुगरसहित दुई युवा पक्राउ


कनकाई अनलाईन
बनियानी, मङ्सिर ५ गते । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले बिहीबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१५ ज्यामिरगढीका २४ वर्षीय विष्णु राजवंशी र सोही वडाको पानबस्तीका १८ वर्षीय सागर पाहान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मेचीनगर–१५ हेल्दुबारीमा बा३८प ३८८५ नंको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट ११।०६ ग्राम ब्राउनसुगर, नगद रु ८१ हजार १००, भारु ११० र दुई थान मोबाइल बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

कननकाई अनलाईनइलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखका रुपमा भर्खरै आउनुभएका उदय संम्सेर जबरालाई आज ज्ञानज्योती युवा क्लवले भव्य स्वागत गरेको छ…

कनकाई अनलाईनदैनिकजसो तीब्र गतिको ट्रिपरले उडाएको धुलो खादै आएका कनकाई नगरपालिका ५ का स्थानीयवाशीले आज झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई…

दमक, १९ मङ्सिर-पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि…

प्रतिकृयाहरू