आज झापा गाउँपालिकामा ६ जनामा कोरोना


कनकाई अनलाईन
झापा, मंसिर ४ । झापामा पछिल्लो २४ घण्टाभित्र ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये ३५ महिला र ४० जना पुरुष रहेका छन् ।सबैभन्दा बढी दमक नगरपालिकामा २० जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकमा १० महिला र १० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, बिर्तामोडमा ११ जना थपिएका छन् । ५ जना महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी, भद्रपुर र मेचीनगरमा ७–७ जनामा पनि संक्रमण भएको छ । भद्रपुरका ३ महिला र ४ पुरुष तथा मेचीनगरका २ महिला र ५ पुरुषमा संक्रमण भएको हो ।यसैगरी, झापा गाउँपालिकामा ४ महिला र २ पुरुष, अर्जुनधारामा १ महिला र ४ पुरुष, गौरादहमा १ महिला र ३ पुरुष, कमलमा ३ महिला र १ पुरुष, कनकाईमा २ महिला र २ पुरुष, हल्दिबारीमा ३ महिला, शिवसताक्षीमा १ महिला, १ पुरुष, र बुद्धशान्ति र गौरीगञ्जमा १–१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

हालसम्म झापामा कुल संक्रमितको संख्या ३ हजार १६८ पुगेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ९८५ रहेको छ । यस्तै, सक्रिय संक्रमित भइ आइसोलेसनमा उपचाररतको संख्या १ हजार ९५ रहेको छ ।


सम्बन्धित शीर्षकहरु

कननकाई अनलाईनइलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखका रुपमा भर्खरै आउनुभएका उदय संम्सेर जबरालाई आज ज्ञानज्योती युवा क्लवले भव्य स्वागत गरेको छ…

कनकाई अनलाईनदैनिकजसो तीब्र गतिको ट्रिपरले उडाएको धुलो खादै आएका कनकाई नगरपालिका ५ का स्थानीयवाशीले आज झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई…

दमक, १९ मङ्सिर-पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि…

प्रतिकृयाहरू