कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ५ का कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ ।
६६ बर्षिय बृद्धको विराटनगरस्थित म्याक्स हस्पिटलबाट घर ल्याउनेक्रममा एम्बुलेन्सभित्रै मृत्यु भएको कनकाई नगरपालिका ५ का वडाअध्यक्ष कृष्णबहादुर राईले बताउँनुभयो । एक साताअघि अत्याधिक ज्वरो आएका कारण उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा लगिएको र विरामीलाई कोरोना पोजेटिभ देखिएको र आवश्यक भेन्टिलेटर अभावका कारण म्याक्स अस्पतालमा उपचारका लागि लगिएकोमा उपचार सम्भव नभएपछि घरमै ल्यायनेक्रममा बुधवार हिजो बेलुकी ४ बजे मोरङको पथरीमा बृद्धको एम्बुलेन्समै मृत्यु भएको राईले बताउँनुभयो । हालसम्म कनकाई नगरपालिकामा ५ जना कोरोना संक्रमितको निधन भइसकेको र १४८ जना कोरोना संक्रमित भइसकेको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति