कनकाई अनलाईन
कनकाई नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या १४७ जना पुगेको छ ।
कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले कनकाई अनलाईनलाई दिएको जानकारी अनुसार हालसम्म कनकाई नगरपालिकामा ४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
कनकाई नगरपालिकामा सबैभन्दा बढी वार्ड नम्बर ३ मा ५८ जनामा कोरोना संक्रमण देखिएको छ भने यस वार्डमा मात्रै एक महिला र एक पुरुषको कोरोनाकै कारण मृत्यु भइसकेको छ । सबैभन्दा कम वार्ड नम्बर ६ मा हालसम्म कोरोना संक्रमण देखिएको छैन । यसैगरि वार्डनम्बर १ मा १३ जनामा कोरोना संक्रमण देखिएको छ भने एक नम्बर बार्डमा १ जना पुरुषको मृत्यु कोरोनाकै कारण भएको छ ।
२ मा १२ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ मा १७ जना, ५ मा १५ जना, ७ मा ८ जनामा कोरोना संक्रमण देखिएको छ भने वार्ड नम्बर ८ मा १२ जनामा कोरोना संक्रमण देखिएको छ,वार्ड नम्बर ९ मा ८ जनामा संक्रमण देखिएको छ भने एकजना पुरुषको मृत्यु भएको छ ।
कनकाई नगरपालिकाकाले हरेक शुक्रवार निशुल्क कोरोना चेकजाँच र अन्य दिनमा समेत असक्तहरुका लागि कोरोनाको पिसिआर चेक कोटीहोममा गरिरहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
Trending
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम