कनकाई अनलाईन
आगामी मंसिर १३ गते हुन गइरहेको निर्वाचनको प्रगतिशील विकासप्रेमी प्यानल सार्बजनिक गरिएको छ ।
नेकपा कनकाई २ का अध्यक्ष भानु खबासले उक्त प्यानलको सार्वजनिक गर्नुभयो ।
जसमा अध्यक्षमा विनोद रानामगर, उपाध्यक्षद्धयमा विष्णु ओली र दिलिप राई, सचिवमा सिर्जु खरेल, सहसचिवमा पुजन बाह्रकोटी र कोषाध्यक्षमा विदुर खड्का रहनुभएको छ ।
उम्मेद्धारी घोषणा कार्यक्रममा प्रदेश सांसद हिराकुमार थापा ,कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, वडाअध्यक्ष तथा पुर्व सामुदायिक वन समुहका अध्यक्ष परशुराम गिरी, निर्वाचन परिचालन समितिका संयोजक इन्द्र पुलामी, अध्यक्षका प्रत्यासी विनोद राना मगर लगायातले हालको सामुदायिक वन समुहका पदाधिकारीका कमीकमजोरीका कारण वन समुह इतिहासकै संकटमा परेको र वन समुहलाई करौडौको ऋण बनाएको आरोप लगाउनुभयो । कार्यक्रम जामुनवारी सामुदायिक वन समुहको सभाहलमा भएको थियो । यस प्यानलमा नेकपा , राप्रपा नेपाल र लिम्बुवानविचको तालमेल रहेको छ ।
अर्को समुहमा हालका अध्यक्ष ख्याम सिटौलाको नेतृत्वमा चुनावी प्रचारमा रहेको बताइएको छ ।
Trending
- इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु