आजको पञ्चांग
मितिः २०७७ कार्तिक ३० आइतबार
इ.संः २०२० नोभेम्बर १५
संवत्सरः प्रमादीनाम संवत्सर
नेपाल संवतः ११४० (कौलागा), मंसीर १ देखि ११४१ (कछलाथ्व)
चन्द्रमाः तुला राशीमा
तिथीः औँशी, प्रात ११ः२७ उप्रान्त प्रतिपदा
पक्षः कार्तिक कृष्णपक्ष
नक्षत्रः विशाखा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः२६
साताका चाडपर्व÷ दिवसहरु
३० गतेः गाई गोरु पूजा हली तिहार
मंसीर १ गतेः भाइटिका राष्ट्रिय कर दिवस
मंसीर २ गतेः सामाचकेवा पर्व शुरु अन्तर्राष्ट्रिय विद्यार्थी
दिवस
सडक दुर्घटना पीडित स्मृति दिवस
मंसीर ४ गतेः अन्तर्राष्ट्रिय दर्शनशास्त्र दिवस शौचालय दिवस
मंसीर ५ गतेः विश्व बालअधिकार दिवस छठपर्व
मंसीर ६ गतेः विश्व टेलिभिजन दिवस
साताका मुहूर्तः —
साप्ताहिक राशीफल ३० कार्तिक –६मंसीर २०७७
मेषः प्रेमी प्रेमीकाविच सुमधुर सम्बन्ध रहला । आरोग्यता
प्राप्तिका साथै वित्तीय लाभको प्रचुरताको समय छ ।शरीर निरोगी
रहनेछ । योजनाहरुले पूर्णता पाउलान । सुखवद्र्धक समयछ छ । साताका
उत्तरार्धका दुइ दिन शुक्रवार र शनिवार भने पेट सम्बन्धि रोगले
सताउने देखिन्छ ।
वृषः साताको पहिले दिन अनावश्यक बादविवादमा परिने साथै चोट तथा
दुर्घटनाको भय देखिन्छ । तर १ः४० वजेदेखि धनदौलत प्राप्ति
हुनेछ । प्रेमसम्बन्ध मधुर बन्नेछ । सुखप्राप्ति होला । आरोग्यता
मिल्नेछ । अािर्थक पक्ष सबल रहनेछ । अधुरा कामहरु पूरा हुनेछन् ।
मिथुनःसरकारी क्षेत्रबाट सुख मिल्नेछ । मानसम्मान प्राप्त होला ।
रोगले छोड्दै जानेछ । तर साताको पहिलो दिन १ः४० वजेदेखि
अनावश्यक झैझमेला, मुद्धामामिलामा परिएला । मंगलबार
साँझ ४ः२९ वजेदेखि द्रव्यादिलाभ, सुख र आरोग्यता मिल्ने
देखिन्छ ।
कर्कटः शुभ र सुखदायक समय छ । वन्धुवान्धवको सहयोग मिल्नेछ ।
योजनाहरुले पूर्णता पाउनेछन् । नोकरीको क्षेत्रबाट सन्तोष
मिल्नेछ । मंगलवार ४ः२९ वजेदेखि विहिवारसम्म शारीरिक पीडा तथा
कष्टको सामना गर्नुपर्ला । शुक्रवारदेखि प्रेममा सफलता साथै
गरगहना उपहार मिल्नेछ ।
सिंहः मन प्रशन्न रहनेछ । आम्दानीका विभिन्न मार्गहरु फेला
पर्नेछन् । मित्रहरुका मद्धतले महत्वपूर्ण कामहरु सम्पन्न हुनेछन् । नोकरीमा पदोन्नतीको योग छ । सुखवृद्धिको समय छ । मानसम्मानमा
कमी आउनेछैन । साताको उत्तरार्ध यात्रा तथा सवारी साधनमा संयमता
अवपनाउनुहोला ।
कन्याः साताको पहिलो दिन औषधोपचारमा धनखर्च होला ।
अपरान्ह १ः४० देखि राम्रो समय आउनेछ । मन प्रशन्न रहनेछ ।
आम्दानीका प्रशस्त मार्गहरु भेटिनेछन् । आफन्तको सहयोगले
महत्वपूर्ण योजनाहरु पूरा हुनेछन् । राज्यबाट पुरस्कृत भइने समय
छ । सम्मान प्राप्त होला ।
तुलाः शरीर पुष्ट रहला । मिष्ठान्न भोजनको आनन्द मिल्नेछ ।
साताको पहिलो दिन १ः४० देखि स्वास्थ्यमा समस्या रहला । अनावश्यक
खर्च हुनेछ । मंगलवार अपरान्ह ४ः२९ देखि समय राम्रो आउनेछ ।
अवसरका द्धारहरु खुल्नेछन् । शुभ समय छ । मित्रमिलन होला ।
वृश्चिकः भाग्योदयको समय छ । अन्नलाभ हुनेछ । पारिवारिक
भेटघाटमा मिष्ठान्न परिकारको आनन्द मिल्नेछ । मंगलवार
४ः२९ देखि स्वास्थ्यउपचारमा धन खर्च गर्नुपर्ला । खर्च बढेर जाला ।
शुक्रवारदेखि समय राम्रो छ । आम्दानीका विभिन्न अवसरहरु
मिल्न्ेछन् ।
धनुः धनप्राप्तिको समय छ । मुद्धा, मामिला तथा प्रतिष्पर्धामा जीत
हुनेछ । स्थीर सम्पत्तीको सुख मिल्नेछ । भाग्योदयको समय छ ।
अन्नलाभको अवसर समेत मिल्नेछ । साताका अन्तिम दिन शुक्रवार र
शनिवार भने केही प्रतिकूल समय छ । स्वास्थ्य विग्रनुका साथै खर्च
बढ्नेछ ।
मकरः साताको पहिलो दिन पेट सम्बन्धि समस्याले सताउला । मनमा
चिन्ता र भय रहने देखिन्छ । उप्रान्त धनधान्य तथा सुखसम्वृद्धिको
समय आउनेछ । परीक्षा प्रतियोगीतामा सफलता मिल्नेछ । भूमी,
वाहन अदिको सुख प्राप्त हुने समय छ । शरीर पुष्ट रहनेछ ।
कुम्भः सुखवर्धक समय छ । योजनाहरुले सार्थकता पाउनेछन् । पेट
सम्बन्धि समस्या रहला । चिन्ता र भयले सताउने देखिन्छ । मंगलवार
साँझदेखि अनुकूल समय आउनेछ । विजयप्राप्तिको योग छ । सुखवृद्धि
हुनेछ । माया मारेको धन हात लाग्ला । बलियो समय छ ।
मीनः आरोग्यता बढ्नेछ । वित्तीय कारोवारहरु तपाईँकै पक्षमा
रहलान । कामहरु सहजै सम्पन्न होलान । मंगलवार अपरान्हदेखि
कुक्षीरोग साथै मनमा भय रहने देखिन्छ । मानसम्मान प्राप्त होला ।
शुक्रवारपश्चात धनप्राप्तिको समय छ । सुख बढेर जानेछ ।
विजयप्राप्तिको योग छ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”