आजको पञ्चांग
मितिः २०७७ कर्तिक १९, बुधवार
इ.संः २०२० नोभेम्बर ४
नेपाल संवतः ११४० (कौलागा)
चन्द्रमाः वृष राशीमा अपरान्ह २ः१७ उप्रान्त मिथुन राशीमा
तिथीः चतुर्थी
पक्षः कार्तिक कृष्णपक्ष
नक्षत्रः मृगशिरा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः१७
पर्व दिवस – युनेस्को दिवस
मुहूर्त साइत
आजको राशीफल । बुधबार, १९ कार्तिक, २०७७
मेषः सम्पत्तीमा विवाद आउला । सामान्य अस्वस्थता कायमै रहला ।
अपरान्ह २ः१७ देखि लाभका विभिन्न अवसरहरु आउनेछन् । मन
प्रशन्न रहनेछ ।
वृषः शरीर पुष्ट रहला । आफन्तजनसँग भेटघाट होला । अपरान्ह
२ः१७ पश्चात खर्चमा वृद्धि होला । स्वास्थ्यमा समस्या देखिएला ।
मिथुनः पैतृक सम्पत्तीमा नोक्सान होला । अपरान्ह २ः१७
पश्चात अन्नलाभ हुनेछ । मिष्ठान्न भोजन प्राप्तिले मनमा आनन्द
छाउला ।
कर्कटः आज मिश्रित फलदायी समय छ । प्रतिष्पर्धामा विजयी
भइएला । सुखवृद्धिको समय छ । अपरान्ह २ः१७ पश्चात धनहानीको
योग छ ।
सिंहः सामान्य अस्वस्थता र चिन्ताले आज २ः१७ सम्म छोड्ने छैन
। त्यसपछि भने विजयप्राप्ति, धनप्राप्ति र सुखदायक समय छ ।
कन्याः शरीर शिथिल होला । दैनिक कामकाजहरु सम्पन्न गर्न
चुनौती देखिएला । आज पेट सम्बन्धि समस्या थपिने देखिन्छ ।
तुलाः आज राम्रो नराम्रो बराबर नै रहला । शरीर स्वस्थ रहला । वित्तीय
अवस्था राम्रो देखिन्छ । २ः१७ उप्रान्त काममा बाधा, अस्वस्थताको
योग छ ।
वृश्चिकः सुखद समय छ । गरगहना आदि प्राप्त होला । रोगमुक्त
भइएला । शरीर स्वस्थ रहला । गुमेको धन प्राप्त समय छ ।
धनुः अपरान्ह २ः१७ सम्म चोट तथा दुर्घटनाको भय कायमै छ ।
त्यसपश्चात सुखद समय छ । द्रव्यादि लाभले मन प्रशन्न रहला ।
मकरः राज्यबाट दण्डित भइएला । अस्वस्थता कायमै रहला । अपरान्ह
२ः१७ पश्चात शारीरिक कष्टको सामना गर्नुपर्ला ।
कुम्भः मित्रका मदतले दैनिक कामहरु सहजै सम्पन्न होलान । शुभ र
सुखदायक समय छ । तर आज नोकरीमा खटपट आउला ।
मीनः मन प्रशन्न रहनेछ । लाभका विविध अवसरहरुले पछ्याउनेछन्
। साथीभाइहरुको भरपूर सहयोग मिल्नाले कामहरु सहजै सम्पन्न
हुनेछन् ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”