कनकाई अनलाईन
सुरुङ्गा क्षेत्रका पुराना सुनचादी व्यावसायी पुर्णबहादुर दियालीको आज बिहान मेची प्रादेशिक अस्पताल भद्रपुरका मृत्यु भएको छ । आज बिहान ६ बजे उपचारका क्रममा उहाँको मृत्यु भएको उहाँका जेठा छोरा कुमार दियालीले कनकाई अनलाईनलाई बताउँनुभयो । उहाँलाई मृगौला डाइलेसिसका लागि शुक्रवारै मेची अस्पताल लगिएको थियो । उहाँलाई आजै ११ बजे कनकाई माईमा दाह संस्कार गरिने समेत दियालीले जानकारी दिनुभयो ।
दियाली लामो समयदेखि दुबै मृगौला बिग्रिएर उपचार गराइरहनुभएको थियो । कांग्रेसका तत्कालिन सुरुङ्गा गाउँ समितिको दलित संघ अध्यक्ष, क्षेत्रिय समिति लगायातमा समेत लामो समय योगदान दिनुभएका दियाली जिल्लाकै अगुवा दलित नेता समेत रहनुभएको थियो ।
कन्काई ३ सुरुङ्गाका स्थायी वासिन्दा दियाली पुराना सुन ब्यवसायी, दलित आन्दोलनका अगुवा, दियाली बन्धु सेवा समाजमा सस्थापक अध्यक्ष, सामाजिक ब्यकित्व रहनुभएको उहाँका भान्जा तथा राष्ट्रिय कलाकार फिल्म निर्माता राजेश घतानीले बताउँनुभएको छ । सुनारे कान्छा नामले परिचित दियाली यस क्षेत्रकै प्रतिष्ठित सुनचादी व्यावसायी हुनुहुन्छ । उहाँका कुमार दुर्गा, रुपनारायण, दीपक गरि ४ छोरा रहनुभएको छ । उहाँको श्रीमतीको समेत दुबै मृगौला फेल भएर अघिल्लो बर्ष मृत्यु भएको थियो ।
Trending
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल