दमक,कार्तिक १५। कोरोना सङ्क्रमणबाट झापा गौरीगन्ज गाउँपालिका-६ का एक वृद्धको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीया सङ्क्रमित वृद्धको मृत्यु भएको हो।
गत कात्तिक ६ गते सङ्क्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएका वृद्धको आज बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताउनु भयो।मृतक मुटुरोगी थिए।गौरीगन्जमा पहिलोपटक सङ्क्रमितको मृत्यु भएको हो ।