कनकाई अनलाईन
पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकाललाई पितृशोक परेको छ ।
ढकालका पिता झापा विर्तामोड –५ निवासी समाजसेवी पर्शुराम ढकालको ९९ वर्षको उमेरमा कात्तिक ९ गते आइतवार विहान १० ः१५ मा स्वर्गारोहण भएको हो ।
स्व. ढकालका छ जना छोरा , एक जना छोरी ,सात जना नाती, १३ जना नातीनि , तीन जना पनाती , पाँच जना पनातीनि रहेका छन् । स्व. ढकालका छोरा – वुहारीहरुमा स्व.मदन – सावित्रा , मोहन –शिला , लक्ष्मण –दुर्गा , स्व.भरत – भगवति ,अरुण –स्व.विमला र सुरेश – तारा ढकाल रहेका छन् । त्यस्तै एक जना छोरी –ज्वाईं दुर्गा –भिष्म आचार्य रहेका छन् ।
स्व. ढकालका छोराहरुमध्ये मदन झापाका अग्रज पत्रकार हुन् भने उनी पूर्वाञ्चल दैनिकका तत्कालिन प्रधानसम्पादक हुन् । स्व. मदनको २०७४ साल मंसीर २३ गते स्वर्गारोहण भएको थियो ।
त्यस्तै मोहन विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लगायत विभिन्न संस्थामा आवद्ध छन् भने वुहारी शिला वीरता लेडी जेसीजकी आजीवन सदस्य हुन् ।
त्यस्तै सुरेश सजिलो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् भने वुहारी तारा सृजनशील वचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक हुन् ।
झापाका समाजसेवी ढकालप्रति पूर्वाञ्चल दैनिक परिवारले भावपूर्ण श्रृद्धाञ्जलि अपर्ण गरेको छ । पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल
गिरी, प्रधान सम्पादक एकराज गिरी, व्यवस्थापक चन्द्रकान्त ढकालसहित पूर्वाञ्चल दैनिक परिवारले शोकाकुल ढकाल परिवारजनप्रति धैर्य धारणा गर्ने शक्ति प्राप्त होस् भनी समवेदना ब्यक्त गरेका छन् ।
Trending
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता