दमक, कात्तिक ९ गते । दमकमा कोरोना संक्रमण भएकी एक महिलाको आइतबार दिउँसो मृत्यु भएको छ । दमक वडा नं. १ की ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको वडाध्यक्ष ताराप्रसाद अधिकारीले बताउनुभएको हो ।
कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा रहनुभएकी ती महिलामा श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरस्थित नोवेल अस्पतालमा पुगेपछि मृत्यु भएको अधिकारीले बताउनुभयो ।
दाहसंस्कार कसरी गर्ने भन्ने विषयमा परिवारमा अन्योल रहेको र यसका लागि सहजीकरण गर्ने काम भइरहेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । शनिबार पनि दमकमा एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।source-gorkhapatra online
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा