कनकाई अनलाईन
झापामा पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाको पछिल्लो तथ्याङ्क अनुसार झापाका नौवटा स्थानीय तहका ७९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
प्राप्त तथ्याङ्क अनुसार शनिबार सबैभन्दा बढी विर्तामोड नगरपालिकाका २२ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै दमक नगरपालिका १४, भद्रपुर र मेचीनगरका १३÷१३ जना, कनकाई नगरपालिकाका ९, कमल गाउँपालिकाका ३, गौरादह र शिवसताक्षीका २÷२ जना तथा हल्दिवारीका १ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको पाइएको छ । भद्रपुरका संक्रमित मध्ये ८ जना सुरक्षाकर्मी रहेका छन् भने मेचीनगरका ६ जना संक्रमितको ठेगाना काठमाडौं रहेको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईले बताउँनुभयो ।
सार्वजनिक तथ्याङ्क अनुसार ३१ जना महिला र ४८ जना पुरुष संक्रमित भएका हुन ।
त्यस्तै यो अवधीमा दमक र गौरादहका १÷१ जना गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Trending
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु