कनकाई अनलाईन
बीरगञ्ज, कात्तिक १ गते । वीरगञ्जमा प्रहरीले एक अपार्टमेन्टमा छपामारी करीब २३ किलो सुनको विस्कुट र गहना बरामद गरेको छ । वीरगञ्ज नगरपालिका वडा।नं ५ रेशम कोठीमा रहेको श्री गणेश अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बरका फ्ल्याटबाट सो परिमाणमा सुन बारामद गरिएका जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमा जानकारी गाएको छ ।
सो फल्याटमा दिउँसो साढे एक बजे छापा मार्दा २२ किलो ५७६ ग्राम सुनको विस्कुट र ६८१ ग्राम सुनका गहना बरामद भएको पत्रकार सम्मेलनमा पर्साकी एसपी गंगा पन्तले बताउनुभयो ।
सोही क्रममा करीब दुई किलो २६२ ग्राम तौल बराबरका चाँदिका समान पनि बरामद भएको प्रहरीले जनाएको छ ।
सो अपार्टमेन्ट भारतको पूर्वी चम्पारन जिल्लाको हरैया निवासी अशोक सिन्हाको भएको स्थानीय बासिन्दाले जानकारी गराएको र त्यहाँ सुन लुकाइ राखेको सुराकीका आधारमा प्रहरीले दुई दिनदेखि निगरानी गर्दा पनि कोही नआएकाले आज छापामारी सो सुन बरामद गरेको हो ।
Trending
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर