कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा एकान्तटोलमा गए राती एक युवाको बिभत्स हत्या गरिएको छ ।
स्थानीय २३ बर्षिय अभिषेक चौधरीको घाँटी र टाउकोमा धारिलो हतियार प्रयोग गरेर गए राती कनकाई ३ को एकान्तटोलस्थित बाँस घारीभित्र बिभत्स तरिकाले हत्या गरेर फालिएको अवस्थामा चौधरीको शव बुधवार बिहान स्थानीयले देखेपछि प्रहरीमा खबर गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएस्पी मुकुन्द रिजालले बताउँनुभयो । प्रहरीका अनुसार उनको हत्या कसले गरेको हो भन्नेवारेमा छानविन चलिरहेको छ ।
प्रहरीले हाल धरानबाट तालिमप्राप्त कुकुर मगाएर घटनाको अध्यान थालेको छ, तालिमप्राप्त कुकुर घटनास्थलबाट एक किलोमिटर पूर्वसम्म गएको प्रहरीले जनाएको छ । भने घटनाको अध्यानका लागि स्थानीय ३ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयका अनुसार उनी लागुऔषध प्रयोगकर्ता पनि हुन भने राती उनको शव भेटिए स्थानमा रातभर केहि युवाहरु होहल्ला गरिरहेका थिए ।हाल युवकको शव पोष्ट म्याटमका लागि भद्रपुर लगिएको प्रहरीले जनाएको छ । विशेष स्रोतका अनुसार हत्या गरिएका चौधरीलाई राती ९ बजे गाउँकै स्थानीय एक युवकले बोलाएर लगेका थिए । उनीहरु सबै लागुऔषका प्रयोगकर्ता हुन ।
तस्वीर ः मृतक चौधरीको र घटनास्थलमा स्थानीय लीलाराज झापाली
Trending
- इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु